Connect with us
Kapilvast Forest

कांग्रेसले बोलायो पदाधिकारी बैठक

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीबारे छलफल हुने भएको छ।

बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । साथै भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल गर्ने तयारी गरिएको छ। समसामयिक राजनीति, नयाँ सरकार गठन, विपक्षी दलहरुबीच जारी परामर्शबारे पनि बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई जानकारी गराउने छन्।

दुई दिनअघि माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि कांग्रेसले छलफल गरेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu