Connect with us
Kapilvast Forest

मोरङमा बाबुछोराको विवादमा बाबुको मृत्यु

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

विराटनगर – मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो ।

गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी    दिनुभयो।

घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।

स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो । राति अबेरसम्म पसल खोलेको भन्दै विको र छोरा रविबीच झगडा सुरु भएको थियो । त्यसै क्रममा रविले धकेल्दा घरको बार लगाएको बाँसको भाटा विकोको घाँटीमा उनिएको थियो ।

प्रहरीका अनुसार विकोको जेठो छोरा लेटु सहनी बिरामी भएर घरमै सुतेका थिए । जेठो छोरालाई अस्पताल लैजान बोलाइएको एम्बुलेन्समै राखेर घाइते विकोलाई अस्पताल लगिएको थियो ।

प्रहरीले सोधपुछका लागि जेठा र कान्छा छोरालाई नियन्त्रणमा लिएको छ । फरार रहेका माइला छोरा रविको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu