Connect with us
Kapilvast Forest

लमजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु

लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका(३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुईजनाको मृत्यु भएको छ ।

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

 

उहाँहरुलाई पौडी खेल्न नआउने र खोला गहिरो भएका कारण डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुईजना साथी पनि घाँस काट्नसँगै गएका थिए ।

उनीहरुमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेकी थिइन् तर डुब्न लागेपछि एकजना साथीले लठ्ठीको सहायताले उद्धार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् ।दुवैको शव बेँसीशहर नगरपालिका(८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । बिहीबार परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu