Connect with us
Kapilvast Forest

असिनाले करोडौंको तरकारी नष्ट

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

धनकुटा- असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ।

असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताए। असिना पानीले धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताउनुभयो ।

तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। असिनाले छथर जोरपाटी-६ को पुरै भाग, वडा नम्बर २ र ५ को केही भाग तथा महालक्ष्मी नगरपालिकाको वडा नम्बर १, ८ र ९ का केही भागमा लगाएको तरकारी बाली नष्ट भएको बताइएको छ। गुरूङले उन्नत जातका आरकेल मटर (केराउ)‚ मार्फा, चौडा रायोको साग टिप्न बाँकी ४० प्रतिशत र काट्न हुन लागेको उन्नत जातको माधुरी फुलगोभी (काउली) सबै नस्ट गरेको जानकारी दिनुभयो । हालको मूल्यअनुसार करिब १२ करोड ५० लाख रुपैयाँ बराबरको तरकारी नस्ट भएको गुरूङको अनुमान छ।

यस्तै‚ बिहीबार साँझ परेको असिनाले तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका क्षेत्रका किसानले लगाएको तरकारी बाली पनि नष्ट भएको छ। असिनापानीले तरकारी, फलफूल र मकै बालीमा क्षति पुर्‍याएको छ।

बारीमा टिप्न तयारी अवस्थामा रहेका तरकारीबाली सम्पूर्ण रुपमा नष्ट भएका हुन्। स्थानीय तहहरूले भने तथ्यांक संकलनपछि मात्र क्षतिको विवरण आउने छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu