भारतमा एकैदिन थपिए तीन लाख १९ हजार संक्रमित, २७ सयको मृत्यु
काठमाडौं- भारतमा एकैदिन ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। २७ सय भन्दा धेरैको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टामा ३ लाख १९ हजार ४ सय ३५ संक्रमित थपिँदा त्यहाँ कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय ३५ पुगेको ओल्डोमिटरले जनाएको छ।
एकैदिन २७ सय ६४ जनको मृत्यु भएपछि कुल मृतकको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ। हिजो एकैदिन अमेरिकामा ४४ हजार ६ सय २९, ब्राजिलमा २९ हजार ६ सय ६९, टर्कीमा ३७ हजार ३ सय १२ र रुसमा ८ हजार ८ सय ३ संक्रमित थपिएका छन्।