मध्यराती काठमाडौमा भूकम्पको धक्का
काठमाडौ – काठमाडौमा भूकम्प गएको छ ।
कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ ।
चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ ।