Connect with us
Kapilvast Forest

आईसीसी टी – २० वरीयतामा कुशल भुर्तेल ६१ औं स्थानमा

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी – २० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुग्नुभएको छ । आईसीसीले आज अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुग्नुभएको हो ।

यसअघि उहाँ पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा हुनुहुन्थ्यो । नेपालमै भएको त्रिकोणात्मक टी – २० सिरिजमा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि भुर्तेल वरीयतामा समावेश हुनुभएको थियो ।

सिरिजको उपाधि नेपालले जित्दा सर्वाधिक २ सय ७८ रन बनाउनुभएका उहाँले वरीयतामा धेरै स्थान सुधार गर्नुभएको हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा हुनुहुन्छ भने उपकप्तान दीपेन्द्र सिंह ऐरी १ सय८ औं स्थानमा हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu