Connect with us
Kapilvast Forest

ओखलढुङ्गामा पाइप बम फेला, डिस्पोजका क्रममा विष्फोट

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

ओखलढुङ्गा – ओखलढुङ्गामा पाइप बम फेला पाइप बम फेला परेको छ ।ओखलढुङ्गामा खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको छ । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए ।

बम भेटिएको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु पहिचान भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।

बम निकै पुरानो भएपनि डिस्पोजको क्रममा विष्फोट हुदाँ यसले ठुलो तरङ्ग पैदा गरेको प्रहरीले बताएको छ । यो द्वन्द्वको समयमा राखिएको बम हुने आशंका गरीएको छ ।

पाइप बम फेला परेपछि प्रहरीले अन्यत्र कतै त्यस्तो शङ्कास्पद वस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्लावासीमा आग्रह गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu