Connect with us
Kapilvast Forest

६० देखि ६५ उमेर समूहका ज्येष्ठ नागरिकले खोप पाएनन्

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौं- कोरोना भाइरसको खोपको व्यग्र प्रतीक्षा भइरहँदा नेपालमा कोरोना भाइरस फैलिसकेको छ । अहिले देशमा महामारीको दोस्रो चरण देखा परिसकेको छ । यो बीचमा केही खतरा बढिरहेको छ । घातक सरुवा रोगको खतरा अझ बढी देखिएको छ ,जसले कोरोना भाइरसलाई हल्का सोचिरहेका छन् ।

तर ६० देखि ६५ उमेरसमूह भित्रकाले आफूहरूलाई खोप लगाउने विषयमा सरकारले समावेश नगरेको भन्दै आफूहरूमाथि अन्याय भएको बताएका छन् ।

भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । सरकारले पुस २३ गतेभित्र फ्रन्टलाइनमा काम गरिरहेकालाई आधिकारिक रुपमै कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । त्यसपछि फागुन २३ बाट २० दिनको लागि ज्येष्ठ नागरीक जो ५५ माथि छन् तिनीहरूका लागि खोप दिने भनियो तर पहिलो १० दिन ६५ वर्ष उमेर माथिकाले मात्र खोप लगाउन पाए ।

आधाआधि मात्र खोप लगाउँदा सरकारले खोप लगाउने काम छिटो सक्न निर्देशन दिएपछि ५५ देखि ६५ वर्ष उमेर समूहका ज्येष्ठ नागरीकहरु खोप लगाउनबाट छुट्न पुगे । अहिले १८ वर्षदेखि माथि र ६० वर्ष मुनिका उमेर समुहका लागि चीनले उत्पादन गरेको खोप दिईदैछ । ५५ देखि ६० वर्ष उमेर समूहकाले खोप लगाए भने ६० देखि ६५ उमेर समुहका खोप लगाउनबाट वञ्चित रहे ।

६० वर्षीय मदनप्रसाद रिमालले भन्नुभयो “हामी कोरोना भाइरसले सङक्रमण गर्न सक्ने अवस्थामा हुँदाहुदै पनि खोप लगाउनबाट छुट्यौँ, सरकारको प्राथमिकतामा हामी परेनौँ । यो महामारीमा ६० देखि ६५ वर्ष उमेरका मानिसमा अरु पुराना रोगहरुको पनि जोखिम हुन्छ । तर सरकारले हामीलाई खोपको सुनिश्चितताबाट टाढा राख्यो ।” उहाँले थप्नुभयो “यही उमेर समुहका धेरै मानिसले यही गुनासो गर्दछन् । ”

उहाँले भन्नुभयो “म खोप केन्द्रमा दुई पटक पुगेर घटौं लाइनमा बस्दा पनि खोप लगाउन पाइनँ ।” ६१ वर्षीय रामप्रसाद खतिवडाले पनि आफ्नो उही अवस्था सुनाउनुभयो “सरकारले खोप अभियानलाई किन हामीले लगाने दिनमा रोक्नुपर्ने म प्रश्न गर्न चाहान्छ ु स्वास्थ्य मान्त्रालय अन्तर्गतका प्रशासनलाई मैले धेरै पटक प्रश्न गरेँ तर उत्तर पाउन सकिनँ ,म विश्वास गर्छु कि हामी अभागी उमेर समूह हौँ जसलाई सरकारले बेवास्ता गर्छ ।

हुन त कुनै पनि समाचारमा खोप लगाएपछि कोरोना नै लाग्दैन भन्ने त आएको छैन तर रोगसँग लड्ने शक्तिमा भने वृद्धि हुन्छ । तर म विश्वस्त छु सरकारले कमजोर उमेर समूहकालाई तत्काल केही कदम चाल्नेछ । ”

सरकारले ६० देखि ६५ वर्ष उमेर समुहका वृद्धहरुलाई खोप नदिएर अन्याय गरेको जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेयले बताउनुभयो।
“चाइनिज खोप सुरु हुनुभन्दा अगाडि अरु देशहरूमा ६० वर्ष माथिकालाई भेरोसिल दिईन्थ्यो । आगामी दिनमा सरकारले वृद्धहरुलाई भएको चिनियाँ खोप वा आयात गरेर भए पनि खोप दिनुपर्नेमा डा. पाण्डेयको जोड छ ।”

यसैबिच कोभिड १९ सल्लाहाकार समितीका संयोजक डा.श्याम राज उप्रेतिका अनुसार भारतले अनुदानमा दिएको खोप ६० वर्ष उमेर माथिका समुहका लागि प्रयाप्त नभएको कुरा साँचो हो । चीनले अनुमति दिएको भेरोसिल पनि १८ देखि ६० वर्षसम्मकालाई मात्र पुग्यो ,त्यो पनि ६० देखि ६५ उमेर समूहलाई दिन सकेनौँ । भाईरस बढ्दै गैरहको समयमा यो अत्यावश्यक मान्नुपर्दछ ।

डा. उप्रेतीका अनुसार भारतबाट १० लाख खोप यही जेठसम्म आयात गर्नुपर्दछ । “जति छिटो खोप आउँछ त्यति छिटो हामीले पहिले खोप नपाएका वृद्धहरुलाई खोप दिन सक्छौं ” उहाँले भन्नुभयो ।

अहिले एक करोड ३० लाख खोपको सुविधा भयो भने मात्र पुससम्म धान्न सक्ने उहाँको भनाइ छ । त्यसैले खोप आयातमा देखिएको समस्या समाधान गर्दै ६० वर्षमाथिकालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । “म सबै नागरिकमा भन्न चाहन्छु कि सबै स्वास्थ्य पालनाका मापदण्डहरु पालना गर्दै यो घातक भाइरसको प्रसार रोक्नुपर्दछ । ”

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu