Connect with us
Kapilvast Forest

काँग्रेसले भन्यो – ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार बिहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटमा राज्य हतास नभइ नागरिकलाई ढाडस बन्नुपर्ने बताउनुभएको छ ।

स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ,ु विज्ञप्तिमा भनिएको छ ।

तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको काँग्रेसको भनाइ छ ।पुरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ,ु शर्माको प्रश्न छ ।

यो इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार भएको काँग्रेसको ठहर छ ।यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । नेपाली काँग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गर्दछ,ु विज्ञप्तिमा भनिएको छ ।

बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो रु संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने विज्ञ अनुमान र विश्लेषण छ । त्यो हद सामना गर्न बेड लगायतको विस्तारमा सरकारसँग बजेट, पुर्वाधार या इच्छाशक्ति के अभाव छरुु, काँग्रेसले सोधेको छ ।

कोरोना रोकथामका लागि सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी रहेको शर्माले बताउनुभयो ।निजी क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने । राजनैतिक दलहरु, संघसंस्था र समाजसँग सरकारले गरेको सहयोग अपेक्षा के हो । फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने,ु विज्ञप्तिमा भनिएको छ, खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ । यी समग्र बिषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी छ।

संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने भन्दै अभावको गीत गाएर अभिभावकत्व पुरा हुन नसक्ने काँग्रेसको भनाइ छ ।परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई काँग्रेसले सजग गराएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu