नुहाउने क्रममा भेरी नदीमा युवक बेपत्ता
सुर्खेत – सल्यानको सल्लीबजार लिफ्ट खानेपानीमा काम गर्ने मजदुर भेरीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। भेरीमा नुहाउने क्रममा रोल्पा रुन्टिगडि गाउँपालिका वडा ६ निवासी १९ वर्षीय अर्जुन बुढा शनिबार दिउँसो बेपत्ता भएका हुन्।
भेरीमा बेपत्ता बुढाको इलाका प्रहरी कार्यालय सल्लिबजारले खोजीकार्य जारी रहेको बताएको छ। सल्लिबजार लिफ्ट खानेपानीको इनारको काम भइरहेको स्थानदेखि उनी बगेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ।
चट्याङ लागेर दैलेखमा दुई घाइते
त्यस्तै, दैलेखको सदरमुकाम नजिक काँडाचौरमा चट्याङ परेर दम्पती घाइते भएका छन्। घाइते हुनेमा नेकपा एमाले जिल्ला कमिटी सदस्य ४८ वर्षीय यामनारायण उपाध्याय र उनकी श्रीमती ४५ वर्षीया बसन्ता उपाध्याय हुन्।
शनिबार बिहान नारायण नगरपालिका–६, काँडाचौरस्थित घरको आँगनमा बसिरहेका बेला चट्याङले लागेर यामनारायण र बसन्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनु भयो ।
उनीहरूको हाल दैलेख अस्पतालमा उपचार भइरहेको छ। दुवैजनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका डा। जगत थापाले जानकारी दिनु भयो ।