Connect with us
Kapilvast Forest

बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

pakrau-

झापा-जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका गणेशबहादुर अधिकारी भन्ने लेक हादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

संखुवासभा साविक खराङ गाविस वडा नम्बर २ हाल चैनपुर नगरपालिका १० स्थायी घर भएका ४३ वर्षीय अधिकारीलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले सुनसरीको खनारबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय चैनपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार जिल्ला अदालत संखुवासभाले १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा २०७२ साल माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो।

अधिकारी २०६८ साल माघ १२ गते १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए। अधिकारी १० वर्षदेखि प्रहरीको सर्वाधिक खोजी सूची थिए।जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार अधिकारी आइतबार कारागार चलान भएका छन्।