Connect with us
Kapilvast Forest

बंगलादेशमा डुङ्गा दुर्घटना, २६ जनाको मृत्यु

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

 

एजेन्सी- बंगलादेशमा सोमबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । बंगलादेशको प्रहरीले दिएको जानकारीअनुसार ३६ जना यात्रु बोकेको डुङ्गा शिबचार गाउँनजिकै कार्गो पानीजहाजसँग ठोक्किएको हो । प्रहरी अधिकारी अमिर हुसेनले अहिलेसम्म २६ शव निकालिएको छ । साथै पाँच जनाको उद्धार गरिएको छ । उनीहरुको अहिले उपचार भइरहेको हुसेनले बताए ।

उक्त क्षेत्रका वरिष्ठ सरकारी अधिकारी रहिमा खातुनका अनुसार उक्त डुङ्गा सरकारले लगाएको प्रतिबन्धका बीच चलाइएको थियो । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि प्रतिबन्ध लगाएको छ । तर, उक्त उल्लंघन गरी डुङ्गा चलाइएको खातुनको भनाइ छ ।

दुर्घटनामा परी हराएकाको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् । बंगलादेशमा जलयात्राको क्रममा धेरै दुर्घटना हुने गरेको छ । राम्रो व्यवस्थापन नहुनु, अत्यधिक मानिसले यात्रा गर्नुजस्ता कारणले दुर्घटना बढेको अधिकारीहरुले बताउँदै आएका छन् ।

अप्रिलको सुरुमा बंगलादेशको नारायणगञ्जमा फेरी डुब्दा ३० जनाको मृत्यु भएको थियो । गत वर्षको जुनमा राजधानी ढाकानजिकै फेरी डुब्दा ३२ जनाको मृत्यु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu