Connect with us
Kapilvast Forest

भारतमान याँ रेकर्ड- एकैदिन ४ लाख १२ हजार कोरोना संक्रमण

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौँ – विश्व्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दर बढदैगएको छन् । भारतमा कोरोना संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च रहेको छ । भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो।भारतमा पछिल्लो वृद्धिसँगै कोरोना संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ छ । भारतमा एकैदिन ३ हजार ९ सय ८२ कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu