कोरोना संक्रमित युवा द्वारा आत्महत्या
चितवन- चितवनको माडीमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।बिहीबार बिहान साढे सात बजेतिर माडी नगरपालिका(३ बस्ने ३५ वर्षीय गोबिन्द साहले घरमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बैशाख १५ गते भारतबाट फर्किएका उनी कोरोना संक्रमित थिए । कोरोना पोजेटिभ भएपछि घरमै होम आईसुलेशनमा बसेका उनले तनाबमा परेर आत्महत्या गरेको हुन सक्ने ईप्रका माडीले जनाएको छ ।