लुम्बिनी अस्पतालको इमर्जेन्सीमा उपचारत दुईजनाको मृत्यु
बुटवल। रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो।
बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२:१७ बजे मृत्यु र सैनामैनाकी महिलाको बिहान ३:५३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २ सय ४२ जनाको मृत्यु भएको छ। जिल्लामा ५ हजार ४ सय ८९जना सक्रिय संक्रमित छन्।