Connect with us
Kapilvast Forest

झापाको काजली खोलामा डुबेर एकजनाको मृत्यु

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

झापा – हल्दिबारी गाउँपालिका-४ को काजली खोलामा डुबेर सोही ठाउँका ३३ वर्षीय रामबहादुर थारू चौधरीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रूपमा रहेका चौधरीको शव शुक्रवार बिहान सवा ७ बजे डुबेको अवस्थामा फेला परेको हो।

घटनाको विषयमा प्रहरी कार्यालय झापाबाट खटिएका टोलीले अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए। शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu