Connect with us
Kapilvast Forest

अमरगढीमा मेयर उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

डडेल्धुरा -अमरगढी नगरपालिकाले मेयर तथा उपमेर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै कोरनाको गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उहाँहरूले अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो ।

मेयर ओझाले से।१ झ। २ सय ३९नम्बरको बोलेरो र उपमेयर संगिता भण्डारीले सु.प.प्रदेश ००१झ ३ सय ८८नम्बरको स्कर्पियो गाडी प्रयोग गर्दै आएकाथिए । नगरपालिकाले बोलेरोजिप र स्कर्पियोलाई एम्बुलेन्स वनाएको छ भने टिप्परलाई शववहानको रूपमा प्रयोग गरेको गर्ने जनाएको छ ।

अहिलेको परिस्थितिमा नगरपालिकाले एम्बुलेन्स नपाएर घरमै छटपटाइ रहँदा हामी चढेर हिँड्न सुहाउँदैन मेयरले भने, नागरिकै करबाट खरिद गरेका सरकारी गाडी नगररिककै लागिप्रयोग गर्ने नगर प्रमुखओझाले बताउनुभयो ।
उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र बिहीबादेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याएको छ । दैनिक ५० देखि १०० जनासम्म संक्रमित थपिँदै गइरहेको अमरगढीमा जिल्लामै धेरै संक्रमित छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu