कपिलवस्तुको जितपुर चारनम्बरको होटलहरुमा यौनधन्दा मौलाउदैं
कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रका आधा दर्जन होटलहरूमा अवैध गतिविधि हुने गरेको रहस्य फेला परेको छ ।
कपिलवस्तुको व्यापारीक हवका रुपमा अगाडी बढेका बाणगंगाका होटलहरु पछिल्लो समय यौन दुव्र्यसनीको अखडा बनेका छन् ।
जिल्लाको ४ नं,जितपुर आसपास पिपरा, बुङ्गची लगायतका ठाउँमा र चन्दौटा असापासका करिव १ दर्जन होटलहरु यौन दुव्यशनीको अखडा बनेका हुन् ।
१७ वर्ष देखि ३५ वर्ष सम्मका युवतीहरु यस्तो पेशामा संलग्न रहेको एक होटल व्यवसायीले नाम नबताउने शर्तमा बताए ।
कम उमेरका युवतीहरुको बढी मुल्य हुने र प्रति व्यक्ति १५ सय देखि ५ हजारमा यौन व्यापार भैरहेको श्रोतले बतायो ।
यसको व्यापक गुनासो आउन थालेपछी एकजना पत्रकारले हप्तादिन अगाडी ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरिक्षक डम्बर बुढालाई फोन सम्पर्क गरि यौन धन्दाको गुनासोबारे जानकारी गराएका थिए ।
तर तत्कालिन समयमा ईलाकाकै नेतृत्व सम्हालेका बुढाले वेवास्ता गरे । जानकारका अनुसार बुढा जिल्लामै लामो समय विताएको र सवै विषय थाहा भएको बताईन्छ ।
बुढाले सिविलका प्रहरी समेत खट्न पट्नको जिम्मेवारीमा थिए । जानकारी गराएको लामो समय वितिसक्दा समेत होटलहरुमा भएको अवैध धन्दाबारे प्रहरीले कुनै चासो देखाएको छैन् ।
यौन दुव्र्यसनी हुने ति होटलहरुमा खाँसै चहलपहल देखिदैन तर वर्षौदेखि यस्तै धन्दा गरेर टिकेको नजिकका छिमेकी तथा ग्राहक बनेर पुगेकाहरु बताउछन् ।
सनिवार मात्र बाणगंगाको एक दुव्र्यशनीमा चर्चामा रहेको होटलबाट निस्केका युवाहरुले समेत त्यो होटलमा २ वटा केही रहेको र साथीहरु यौन सम्पर्क गरि फर्केको आफु बाहिर बसेर साथ दिएको रहस्य खुलाए होटलमा युवाहरु पुगेको र उनिहरुको विषय सुरक्षित छ ।
पचेहरा घर बताउने ति युवाहरु थप परिचय नखुलाउन आग्रह गरे यता केहीदिन अघिमात्र एक पत्रकार चन्द्रौटाको एक होटलमा खाजा खान पुग्छन् । त्यहाँ उनका चिनजानका साथीहरु यौन पिपासु बनेर युवती खोज्न पुग्छन् । त्यसतर्फ पत्रकारको ध्यान मोडिन्छ । त्यँहा जाँदा होटल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन ।
कोही बार्गेनिङ्गमै ब्यस्त हुन्छन । कोही भने युगल जोडी ओहोर दोहोर गरिरहेका हुन्छन । यिनै हर्कतले निश्चित हुन्छ कि यहाँ यौनधन्दा खुलेयाम हुने रहेछ ।
पत्रकार संगै पुगेकाहरु युवा मध्ये कुनै एकजना युवाले ग्राहक बनेर होटल साहुलाई सोध्छन, कसरी हो ? कस्ता छन् कति हो साहुजी ? होटल सहुजीले ६ नं कोठामा गएर हेर्नुस भन्छन् । त्यहाँ पुग्दा २ युवतीहरु हुन्छन् । उनीहरुसंग मोल मोलाई हुन्छ ।
पैसाकै निम्ति होटलमा अरुको बिस्तारा बनेकी ती महिलाले भन्छिन १५ सय रूपैया मात्र ।
स्थानियको गुनासो आईरहेको बेला पत्रकारले ति युवाहरुलाई घट्ना वाहिर ल्याउन सधाउन अनुरोध गरे तर युवाहरु तयार भएनन् ।
एकपटक यौन सम्पर्क गराए बापत वास्तविक आफुले १ हजार पाउने र ५ सय रुपैया होटलले लाने गरेको नाम नबताउने सर्तमा ती महिलाले भनिन । आफ्नो यौन ईच्छालाई मेटाउन पुरुषहरु आउने गरेको ती महिलाले खुलासा गरिन । उमेर अनुसारको यहाँ फरक फरक रेट कायम रहेको यौनधन्दामा संलग्न ती महिलाले बताईन ।
यिनै यावत कारणले पनि पछिल्लो समय बाणगंगा चन्द्रौटा नगर क्षेत्रका कतिपय होटलहरुमा यौन धन्दाको अखडा बन्दै गईरहेको पुष्टि भएको छ ।
यस्तै दुई दिन अघिमात्र बाणगंगाको पिपरा क्षेत्रबाट आउँछ । एक स्थानीयले फोन सम्पर्कमा भन्छन्, म पिपराबाट बोल्दै छु, यहाँ एक होटलमा दिनहुँ यौन धन्दा भइरहन्छ, हामी छिमेकमा बस्न पनि लाज लाग्न थालिसक्यो ।
यस विषयलाई प्रकाशन गर्न पर्याे । त्यस पछि यस विषयमा थप अध्ययन गर्ने क्रम सुरु गर्याे ।
यसपछि थप रहस्य खुल्दै गयो पिपरा र चार नम्बर मात्रै होइन, बाणगंगा अन्तरगतका गजेहडा, बोडगाँउ बनगाई, ओदारी लगाएतका केही होटल हरुमा खुलेयाम यौन धन्दा हुने गरेको पाइएको हो ।
यसरी खुलेयाम यौन धन्दा हुँदै जाँदा समाजको सभ्यता माथी प्रश्न उठ्ने गरेको छ । बाणगंगाका होटलहरुमा खुलेयाम यौन धन्दा बढ्दै जाँदा स्थानीयहरु चिन्तित समेत बनेका छन ।
ब्यापारका नाममा खुलेयाम धन्दा हुँदापनि स्थानीय सरकार, प्रहरी प्रशासन, होटल ब्यबसायी संघ लगायतका निकायहरु मुखदर्शक बनेको एक स्थानीयले बताए ।
यता होटल तथा प्रर्यटन व्यवसायी संघ कपिलवस्तुका पदाधिकारी मध्येका एकजनाले नाम उल्लेख नगर्ने शर्तमा भने “ति होटलहरुलाई हामिले पट्क पट्क अल्टिमेटम दिदा समेत टेरेनन् के गर्ने कतिपयले गर्दा सवैलाई असर गर्छ होटल व्यवसायीको बदनाम हुन्छ तुरुन्त कार्बाही हुन् जरुरी छ उनले भने” यसरी होटलमा अनैतिक धन्दा हुँदा परिवार सहित गएर खाना खान समेत वातावरण नरहेको अर्का स्थानिय राम प्रसाद पौडेलले गुनासो गरे ।
समाजको सभ्यतालाई ख्याल नै नगरी पैसाकै निम्ति ब्यापारीले यौनधन्दा चलाएर समाजको चरित्र हत्या गरिरहेको पौडेलले आरोप लगाए ।
दिन दहाडै होटलमा खुलेयाम यौन धन्दा हुँदापनि नियमन गर्ने निकायहरु मुख दर्शक बन्नुले निकायकै मिलोमतो होकि भन्ने सङ्का उत्पन्न हुन थालेको छ ।
स्थानीयवासी र विभिन्न स्रोतहरूका अनुसार केही होटल तथा लजहरूमा “नियमित अनुगमन कमजोर भएको फाइदा उठाउँदै” अवैध गतिविधि हुने गरेको स्रोतको दाबी छ ।
यसबारे प्रहरी वा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने भएको छैन ।स्थानीय समुदायका अनुसार होटलहरू आवास र खाना–पानाको सेवामा सीमित हुनुपर्ने भए पनि केही स्थानमा “गोप्य गतिविधि हुने गरेको शंका” बढ्दै गएको छ।
प्रहरी र प्रशासनको भूमिका प्रश्न ?
स्थानीय तहका होटल दर्ता, नवीकरण र नियमित अनुगमन गर्ने जिम्मेवारी नगरपालिका र सम्बन्धित निकायको भए पनि व्यवहारमा प्रभावकारी अनुगमन नभएको गुनासो छ ।
जिल्लामा भने होटलको आवरणमा मानव बेचबिखन तथा यौन शोषणसँग सम्बन्धित घटनामा प्रहरी छापा र पक्राउका केसहरू सार्वजनिक भएका छन् ।