Connect with us
Kapilvast Forest

लुम्बिनीका ६ जिल्लामा पत्रकारले बनाए आईसोलेसन

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

बुटवल-नेपालमा कोभिड १९ (कोरोना भाईरस) को दोस्रो लहर प्रभाव वढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजन सहितको आईसुलेसन निमार्ण गरेका छन् ।

उनिहरुले स्थानिय तह, जिल्ला स्थीत संघ संस्था र सहयोगीहरु मार्फत यस्ता आईसोलेसन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तिब्र रुपमा वढिरहेको र अस्पतालहरु समेत भरिभराउ भएपछि उनिहरुले यस्ता संरचना निमार्ण गरेको बताए ।

नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले एक विज्ञप्ती जारी गरि लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाचीमा पत्रकार महासघकै भवनमा आईसोलेसन निमार्ण गरिएको हो । अघांखाची शाखामा भने अन्य सघ संस्थाको सहकार्यमा सम्युक्त रुपमा आईसुलेसन निमाणै गरिएको हो ।

दाङ शाखाले निमार्ण गरेको आईसुलेसन ६ वेडको रहेको भने अन्य जिल्ला शाखाले निमार्ण गरेका आईसोलेसनहरु ५ वेडका रहेका छन् । जिल्ला जिल्लामा संक्रमितहरुको संख्या वढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ संस्थाको सहयोगमा संरचनाहरु निमार्ण भएको महासघका प्रदेश अध्यक्ष बसन्त गिरीलेले बताए । ति आईसोलेसन पत्रकार महासघ जिल्ला शाखाको संयोजनमा बनेको भएपनि अन्य सर्बसाधारणहरुलाई उपयोग गर्न सकिने छ । यस्ता संरचना निमार्ण गर्दा अक्सिजन र स्वास्थ्यकमीृहरुको भने अभाव रहेकोले सहयोग समन्वयका लागि नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

लुम्बिनी प्रदेशमा ३८ जना पत्रकार संक्रमित

पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले दिएको जानकारी अनुशार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड १९ को संक्रमणमा अहिले सम्म ३८ जना पत्रकारहरु परेका छन् । उनिहरु मध्ये रुपन्देहीमा सबैभन्दा वढि १४ जना रहेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन् भने वांकी पत्रकारहरुले होम आईसोलेसनमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यस्तै बांकेमा १२ जना संक्रमित रहेका छन् । उनिहरु मध्ये केहिले अक्सिजनको साहयतामा उपचार गरिरहेका छन् । त्यस्तै दाङ जिल्लामा ४ जना पत्रकारहरु संक्रमित भएका छन् । त्यसमा एक जनाको गंभिर अवस्थामा भैरहवामा उपचार भैरहेको छ ।

त्यस्तै वर्दियामा ४ जना, पाल्पामा २ जना, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना संक्रमित रहेका छन् ।उनिहरु सबैको स्वाथ्य लाभको कामना गर्दै आवश्यकता अनुशार उपचारको प्रवन्धका लागि सबै संग आवश्यक समन्वय जिल्ला शाखा मार्फत गरिएको पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

यस वाहेक पनि फिल्डमा खट्ने पत्रकार साथीहरुलाई सुरक्षाका समाग्रिहरु वितरण गर्ने, संक्रमित साथीहरुको मनोवल बढाउने, अक्सिजन उपलव्ध गराउने देखि अस्पतालमा वेडको प्रवन्ध गर्न निरन्तर खट्ने शाखाका अध्यक्ष लगायतको कार्यसमिति प्रति पनि उच्च सम्मान गर्दर्छौ महासघको विज्ञप्तीमा भनिएको छ ।यस्तो महामारीका वेला अत्यान्तै सुरक्षित ढंगले आफ्नो पेशागत धर्म निभाउनु पर्ने दायित्व पत्रकारहरुका विचमा रहेको भन्दै अविचलित ढंगले आफ्नो कर्ममा खटिरहनु भएका पत्रकार संगै सस्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्यकर्मचारीहरु पत्रकार महासंघ प्रदेश समिति हार्दिक नमन गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu