लुम्बिनी विकास कोषद्धारा कपिलवस्तु अस्पतालाई एक लाख तथा स्वास्थ्य समाग्री प्रदान
कपिलवस्तु –कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएको बिभिन्न संचार माध्यमा समाचार बाहिर आए पछि लुम्बिनी विकास कोषले कपिलवस्तु अस्पताललाई एक लाख बढी रकम र बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अक्सिजन सिलिन्डर ढुवानी बापतको एक महिनाका लागि लाग्ने एक लाख बढी खर्च तथा मास्क सेनिटाईजर, पिपिई सेट, भिटिएम किट पानी लगायतका स्वास्थ्य सामाग्री कोषले प्रदान गरेका हो ।
कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य राजेश ज्ञवालीले अस्पतालका मेसु किशोर बन्जाडे र ब्यवस्थापक रत्नाकर शुक्लालाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो । सिर्जिकल मास्क २ हजार पिस, सेनीटाईजर ५ लिटर, पिपिई सटे २५, भिटिएम किट २ सय ५० उपलब्ध गराइएको हो । कोषका उपाध्यक्ष त्रिपाठीले कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएको थाहा पाए पछि आफुहरुले अस्पताललाई सो सामाग्री प्रदान गरिएको बताउनु भयो ।
अक्सिजनको चरम अभाव भएको बेला ढुवानी बापत लाग्ने एक महिनाको एक लाख बढी रकम समेत अस्पताललाई उपलब्ध गराउनुे उहाँले बताउनु भयो । ‘ अहिले संकटको बेला हामीले पनि सामाजिक उत्तरदायितव बहन गर्दै यो कार्य गरेका हौ ’ उहाँले भन्नु भयो ‘ यसले केही भए पनि उपचारमा सजहता थप्ने छ ’ ।
बिरामीहरुको चाप बढे पछि संकटमा परेको कपिलवस्तु अस्पताललाई उपचारमा सजिलाृे होस भन्नकालागि यो सामाग्री प्रदान गरिएको सदस्य कोषका सदस्य ज्ञवालीले बताउनु भयो । उहाँले आवश्यक परेका कोषले अझै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । मेसु बन्जाडेले सहयाृगी हातहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै आफुहरुलाई हौसला प्रदान गर्न आग्रह गर्नु भयो ।