Connect with us
Kapilvast Forest

गण्डकीमा फेरि एमालेको सरकार बन्दैन :चित्रबहादुर केसी

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

पोखरा -राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई समर्थन गर्ने बताउनु भएको छ ।

उहाँले विगतमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै अब विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनमा साथ दिने बताउनु भयो ।

‘लुम्बिनी प्रदेशपछि गण्डकीमा पनि मुख्यमन्त्रीले राजीनामा दिएर षडयन्त्र गर्न खोजेका होलान्, त्यो षडयन्त्र के हो, उनीहरु नै जानुन् तर फेरि त्यही सरकार बनाउन हाम्रो समर्थन रहँदैन,’ केसीले भन्नु भयो ‘जसरी अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने भनेका थियौं, त्यसरी नै अब नयाँ सरकार गठनमा समर्थन रहन्छ ।’

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दर्ता गरेको अविश्वास प्रस्तावमाथि सोमबार मतदान हुँदै थियो । अविश्वास प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, सभामुखबाहेक माओवादीका ११ र जनता समाजवादीका २ सांसद छन् ।

त्यस्तै नेकपा एमालेको २७ सांसद छन् र हालै मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङेले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने पत्र आइतबारै संसद सचिवालयमा पठाउनु भएको थियो ।

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमार्चाको ३ मत छ । उसले जता समर्थन गर्छ उसैको बहुमत पुग्ने स्थिति छ । तर राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले साथ दिने बताएपछि अब नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।

गण्डकीमा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमबिक्रम शाही मुख्यमन्त्री गुरुङतिरै लचिलो देखिनु भएको थियो । तर, सचेतक पियारी थापा भने गुरुङ सरकारको विपक्षीमा खरो उत्रिनु भएको थियो । सचेतक थापाले अब फेरि पृथ्वीसुब्बा नेतृत्वमै सरकार बन्ने सम्भावना नरहेकाले नयाँ बन्ने पक्का जस्तै भएको बताउनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu