Connect with us
Kapilvast Forest

राजपाको कार्यालय पनि सरकारी जग्गामा

२०७६, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार भारतीय मूलका नागरिकलाई दिइएको नागरिकतामाथिको अनुसन्धानको साथै राजनीति, आर्थिक र समाजका विविध पक्षबारेका समाचारलाई प्राथमिकता दिएका छन् । पत्रपत्रिकाले राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय कार्यालय पनि सरकारी जग्गामा राखिएको र दाङको भालुवाङ बजार लालपुर्जाविहान रहेको समाचार पनि प्रकाशित गरेका छन् ।

कान्तिपुर दैनिक– राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवन रहेको छ । मधेसी निजामति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनाधिकृत रुपमा प्रयोग गर्दै आएको हो ।

नागरिक दैनिक– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगाजी खेर गएको देखिन्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानो ठिमीले सोमबार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनले विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै गएको प्रष्ट पारेको छ ।

अन्नपूर्ण पोष्ट दैनिक– दाङको पूर्वी नाका भालुवाङमा शहरीकरण तीब्र रुपमा भइरहेको छ । अर्बौ लगानीका संरचना तयार भइसकेको छ , तर पूर्वाधार भालुवाङ कसैको स्वामित्वमा छैन । जिल्लाको स्थापित बजारको रुपमा परिहिचान बनाइसकेको भालुवाङ बजार लालपुर्जाविहीन छ ।

गोरखापत्र दैनिक– प्रतिनिधिसभनमा करिब दुई तिहाई सांसद रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रुपमा भन्नसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुा स्पष्ट पा।ेको छ ।

कारोबार दैनिक– सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको दबाब सेवाग्राहीमागिथ मर्मत शुल्क लिनसक्ने बाटो खेलेको छ । चालू आर्थिक विधेयकमा ल्याइएको इन्टरनेट सेवामा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा प्रदायकको आन्दोलनपछि सरकारले त्यस्तो बाटो खोलिदिएको हो ।

राजधानी दैनिक– अपराध गरेबापत सजाय भुक्तान गर्ने ठाउँ अर्थात् कारागार पछिल्लो समय अपराध सिक्ने थलोको रुपमा विकसित हुँदै गएको छ । जुनसुकै प्रकृतिका अपराधमा संलग्न भए पनि अपराध कर्म गरेबापत सजाय तोकिएका कैदीलाई राख्ने थलो एकै हुँदा अपराध कर्मबाट छुट्नेतर्फ भन्दा पनि प्रकृतिका अपराध सिक्ने ट्रेन्ड बढ्दो रहेको छ ।

नयाँ पत्रिका दैनिक– देशभरका नाम चलेका ठूला अस्पतालकै प्रयोगशाला न्यूनस्तरको रहेको पाइएको छ । सबै अस्पतालका प्रयोगशालालाई वर्गीकरणमा आउन सूचना जारी गरे पनि न्यूनस्तरको रहेकाले वर्गीकरणमा आउन नचाहको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu