कार्यालय सार्ने विवादमा अश्रुग्यास प्रहार, उपमेयर र वडाअध्यक्ष घाइते
प्रमोदकुमार साह ,धनुषा । हंसपुर नगरपालिकामा मंगलबार कार्यालयकाे सामान सार्नेबारे भएको विवादमा झडप भएको छ । मयेर र उपमेयरबीचको विवादको कारण भएको झपडमा स्थिति साम्य पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेकाे छ ।
झपडमा उपमेयर वडाअध्यक्षसहितका जनप्रतिनिधि घाइते भएका छन् । मेयर रामज्ञान मण्डल पक्षले पुरानो केन्द्र रहेको बघचौडामा ३ वटा ट्रयाक्टर लिएर समान लिन आउँदा उपमेयरसहितको समूहले प्रतिकार गरेपछि झडपको स्थिति बनेका हो ।
मेयरपक्षले प्रहरीको सहयोगमा उपमेयर रेणु झाले संचालन गदै आएको कार्यालयबाट बलजफ्ती सामाग्री लग्न खोज्दा दुबै पक्षबीच झडप भएको हो । मेयर पक्षसंगै आएका प्रहरीेको लाठी चार्जबाट उपमेयर झासहित वडा नम्बर २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापड र पुण्य खत्री लगायत घाइते भएका छन् ।
घाइते मध्ये तपेश्वर मण्डलको टाउकोमा चोट लागेको छ । मण्डलको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ । मेयर पक्षले समान बोक्नको लागि लिएर आएको ट्रयाक्टर उपमेयर पक्षले नियन्त्रणमा लिएका छन् । मेयर र उपमेयर पक्षको विवालले स्थिति तनावग्रस्त बनेपछि तारापट्टी र बेल्हीमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।