Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीद्वारा नेता चौलागाईँको निधनमा समवेदना व्यक्त

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन प्रति दुःख व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले चौलागाईंको निधनको खबरले अत्यन्त दुःखित तुल्याएको बताउँदै शोकाकुल आफन्त र परिवारजनमा समवेदना प्रकट गनुृ भएको छ । नेता चौलागाईंको निधनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल लगायतका नेताहरुले पनि श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।

यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि दुःख व्यक्त गर्नु भएको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले शोक विज्ञप्ति निकालेर शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्नु भएको छ ।

चौलागाईंको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गनुृ भएको छ । मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गनुृ भएको हो ।

उहाँको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ। कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलागाईंको निधन भएको थियो।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य रहेका चौलागाईं २०७४ सालमा दोलखा ‘ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलागाईं विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद हुनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu