जनमोर्चाले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटायो
कास्की-राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलको नेताबाट सांसद कृष्ण थापालाई हटाएको छ । थापाले गण्डकी प्रदेशसभामा विपक्षी गठबन्धनलाई सहयोग गर्न अस्वीकार गर्नु भएको थियो ।
विपक्षी गठबन्धनको सरकार बनाउनका लागि सहयोग नगरेका थापालाई कारबाही स्वरुप दलको नेताबाट हटाइएको जनमोर्चाले जनाएको छ । सांसद थापा विपक्षी गठबन्धनमा सहमत नभएर बुधबार गृहजिल्ला बागलुङ पुग्नुभएको थियो ।
जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले सांसद थापालाई स्पष्टीकरण सोधिएको र संसदीय दलको नेताबाट हटाइएको जानकारी दिनुभयो ।
