Connect with us
Kapilvast Forest

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै फेरि मुख्यमन्त्री बन्ने निश्चित

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

Prithvi_Shubba_gurung_gandaki_CM-.jpg

कास्की-गण्डकी प्रदेशमा विपक्षी दलहरुले बहुमत पुर्याउन नसकेपछि पृथ्वीसुब्बा गुरुङ नै फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले बाहेकका दलहरुले सरकारमा दावी गरेपनि बहुमत नपुगेको भन्दै प्रदेश प्रमुखले पुनः नेकपा एमालेलाई सरकार गठनका लागि आह्वान गरिएको हो ।

अपरान्ह ४ बजे बहुमतको सरकार गठन गर्ने समयवधि थियो। तर उक्त समयमा विपक्षी गठबन्धनले बहुमतसहित सरकार गठनको प्रस्ताव दर्ता गर्न नसकेपछि प्रदेश प्रमुखले ठूलो दलको नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गनुृ भएको छ ।

कृष्ण थापालाई जनमोर्चाले कारबाही गरी बहुमत सांसद पुर्‍याउने विपक्षीको प्रयास असफल भएको छ। थापालाई कारबाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नुअघि गैरकानुनी कारबाही गरिएको भन्दै उहाँले लेखेको पत्र प्रदेश प्रमुखकहाँ पुगेको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu