Connect with us
Kapilvast Forest

नयाँ सरकार गठनबारे आन्तरिक छलफलमा जसपा

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौँ- नयाँ सरकार गठन र पार्टीको भूमिकाबारे जनता समाजवादी पार्टी (जसपा)आन्तरिक छलफलमा जुटेको छ । सरकार गठनका लागि एक दिन समय बाँकी रहेको अवस्थामा प्रतिनिधिसभाको चौथो ठूलो र निर्णायक दल जसपाका शीर्ष नेताहरू आपसी विवादका बीच आन्तरिक छलफलमा जुटेको हा ।

जसपाका शीर्ष नेताहरू बुधबार दिउँसो छलफलका लागि पार्टी कार्यालय बालकुमारीमा जम्मा हुनुभएकाो हो ।अध्यक्ष महन्थ ठाकुरनिकट स्रोतका अनुसार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई भेटेर बालकुमारी पुग्नुभउको हो ।

प्रधानमन्त्रीसँग लामो छलफलपछि उहाँहरू बालुकमारी पुगेर अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई लगायत शीर्ष नेता छलफलमा जुट्रनुभउको हो ।सरकार गठनबारे जसपामा थप केही निर्णय भइसकेको छैन । अहिले भेटघाट हुन लागेको छ अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो ।

सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा रहनुभएको छ । उहाँले माओवादी केन्द्र, एमालेको झलनाथ खनाल(माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षसँग निरन्तर छलफल गरिरहनुभएको छ । जसपाको ठाकुर पक्षले भने ओलीको विकल्प खोज्न नसकिने भनेर देउवासँग छलफलमा चासो देखाउनुभएको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu