रोट्रयाक्ट क्लवको सेमिनार सम्पन्न
- मनिलाल तिवारि साउन २८
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गतका जोनल क्लवहरु मध्ये जोन १२ को आयोजनामा एक दिने सेमिनार सम्पन्न भएको छ । अफिसर ट्ेङि्ङ् सेमिनार शनिबार बुटवलमा सम्पन्न भएको हो ।
सेमिनारमा जोन १२ का ११ ओटा क्लव सहित रोट्याक क्लव अफ तिलोत्तमा देवदहको समेत संयुक्त आयोजना रहेको थियो सेमिनार जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारीको अध्यक्षता, डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ स्नेहा शाक्यको प्रमुख आतिथ्यता, एसिसटेन्ट डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ उमेश अधिकारी, डिष्ट्रिक लिडरसिप टे्रेनरर आशिव कर्मचार्य,एसिसटेन्ट डिष्ट्रिक सेक्रेटरी लक्ष्मण खरेल, एसिसटेन्ट डिष्ट्रिक टे्रजरर बिक्रम क्षेत्री,डिष्ट्रिक कमिटी मेम्बर दिनेश अग्रवाल, प्रशिक्षक द्धय साविकराज न्यौपाने, प्रवाश रोय,जोन ११ का जेडआरआर प्रकाश कुमार शर्मा लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा ए.डि.आर.आर उमकान्त अधिकारी, ए.डि.टि बिक्रम क्षेत्री,ए.डि.एस.लक्ष्मान खरेल, डि. एल. टि आशिब कर्मचार्य लगायतले बोल्दै नयाँ सदस्यहरुलाई नेतृत्व बिकासमा जोड दिइएको थियो । तालिममा क्लबका बोर्ड मेम्बर र मेम्बरहरुलाई काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराइएको थियो । तालिममा आशिब कर्मचार्य, सालिकराज न्यौपान र प्रवास रोयेले प्रशिक्षण दिनुभएको थियो ।
२५० जना सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रम जोन १२ का जोनल सेक्रेटरी कृष्ण भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा रोट्¥याक क्लव अफ तिलोत्तमा देवदहबाट ३५ जनाको सहभागिता रहि हाईएष्ट पार्टिसिपेट अर्वाड समेत प्राप्त गर्न सफल भएको छ ।