Connect with us
Kapilvast Forest

विपक्षीसँग गुनासो छैन,‘दुध ख्याएर पालेका साँपले डसे:एमाले नेता बास्कोटा

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं-राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादलको पराजयपछि एमालेका नेता गोकुल बास्कोटाले प्रतिक्रिया जनाउनु भएको छ ।

बिहिबार साँझ सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बास्कोटाले बादलको पराजयलाई दुध खुवाएर पालेका साँपले डसेको उल्लेख गर्नु भएको छ । उहाँले विपक्षीसँग कुनै गुनासो नरहेको भन्दै समयको अन्त्य नभई सुरुवात मात्र भएको बताउनु भएको छ ।

बास्कोटाले लेख्नु भएको छ– ‘दुध ख्वाएका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’ आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा बादल एमालेको माधव नेपाल समूह, माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित हुनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu