यो मध्यावधि चुनाव होइन, संविधान खारेज गर्ने प्रपञ्च हो ,एकजुट होऔं, प्रतिवाद गरौं:भट्टराई
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताउनुभएको छ ।
शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताउनुभउको हो ।
‘भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली(विद्या कुकर्म ’ उहाँले ट्वीटरमा लेख्नुभएको छ ‘यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं १’