Connect with us
Kapilvast Forest

एकै चरणमा चुनाव गर्न आयोगको सुझाव

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

election.jpg

काठमाडौं-निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भएको छलफलमा व्यवस्थापन सहजताका लागि एकै चरणमा निर्वाचन गर्न सुझाइएको हो। निर्वाचन मिति घोषणालगत्तै प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी नपुगेको निर्णय गरेपछि शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको घोषणा गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले पनि सरकारको सिफारिसअनुसार नै प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचनको मिति घोषणा गर्नु भएको थियो ।

प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्वाचन मिति तोकेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व भएकाले तयारीका लागि पर्याप्त समय रहेको स्पष्ट पार्नु भयो ।

‘निर्वाचन घोषणा भएको छ, तोकिएकै समयमा सम्पन्न गर्नेगरी तयारी अघि बढाउनुस्, के–के आवश्यक पर्छ, भोलिदेखि नै काम थाल्नुस् भनी प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो,’ थपलियाले भन्नु भयो , ‘सरकारले निर्वाचनको मिति घोषणा गरेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व पनि हो। आयोगसँग पर्याप्त समय पनि छ। हामीले व्यवस्थापनमा सहज हुने भएकाले एकै चरणमा निर्वाचन गरौं भनेका छौं।’यो समाचारनागरिक दैनिकमा छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu