Connect with us
Kapilvast Forest

नेपाल पक्षका युवा नेताद्वारा आयोगमा दल दर्ताको निवेदन दर्ता

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

election.jpg

 

काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको लागि निवेदन दिनु भएको छ ।

अनेरास्वयुका पूर्व नेता जीवन राईको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको राजनीतिक दल दर्ताका लागि निदेवन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । राई माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हो ।

गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहनु भएको छ ।

दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो । उहाँकाअनुसार पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखतलगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिनु भयो । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको पुष्टि गर्नु भएको छ ।

राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गर्नु भयो । उहाँले पार्टीको चुनाव चिन्ह कलम छानेको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj