एकै दिन ७६६४ जनाले जिते कोरोना,७ हजार ९१४ जनामा संक्रमण
काठमाडौं-देशभर पछिल्लो २४ घण्टामा साँढे ७ हजार कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ हजार ६६४ जना संक्रमणमुक्त भएका हुन्। योसँगै संक्रमणमुक्त हुनेकोसंख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१६ जना गरी कुल ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुु भयो ।
नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको छ ।