काँग्रेसका युवाले गरे प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन
कपिलवस्तु –बारम्बार असंबैधानिक कदम चालेर मुलुकमा अधिकनायबाद लादन खोजको भन्दै कांग्रेस र उसका भातृ संगठनले कपिलवसतुका तौलिहावमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दलन गरेका छन । कपिलवस्तुको तौलिहवा स्थित आन्दोलन चोकमा काँग्रेस पार्टी र भातृ संगठनहरु नेपाल तरुण दल र नेबिसंघका युवाले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन ।
नेबिसंघ जिल्ला सभापति राकेश पाण्डेय, तरुण दलका क्षेत्रिय सभापति राजेश उपाध्याय, पार्टीका केन्द्रिय प्रचार समितिका सदस्य वजिह अरसद, नेविसंघ निर्वतमान केन्द्रिय सहमहामन्त्री प्रकाश घिमिरे, काँग्रेसका नगर सभापति प्रशान्त कार्की, काग्रेसका यशोधरा सभापति जगदिश पाण्डेय, नेबिसंघ उपाध्यक्ष अनिल क्षेत्रि, बिद्यार्थी नेता घिरेन्द्र उपाध्याय लगायतको सहभागीता रहेको थियो । प्रधानमन्न्त्री र राष्ट्रपति मिलेर संबिधानका दज्जी उडाएको भन्दै सहभागीहरुले दुबैको चर्को बिरोध गरेका थिए । राष्ट्रपति प्रधानमन्त्रीको रबर स्टेम्पकारुपमा मात्र रहेर संबिधानलाई सिद्धाउने खेलमा लागको नेबि संघका जिल्ला सभापति राकेश पाण्डेयले आरोप लगाए ।
प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपति द्धारा गरिएको असंबैधानिक कार्यको बिरोधमा आन्दोलनको कार्यक्रम अगाडी बढार्ईएको नेबिसंघ जिल्ला सभापति पाण्डेयले बताए ।
प्रधानमन्त्री ओलीले संसद भंग गर्नका लागी गरेको असंबैधानिक सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संसद भंग गर्ने कार्यले संबिधान मिच्ने कार्य भएकाले सो को बिरुद्ध दुवैको पुत्ला दहन गरिएको नेविसंघ निर्वतमान केन्द्रिय सहमहामन्त्री प्रकाश घिमिरेले बताए ।
सरकारको गलत कार्यको प्रतिबाद गर्न आफुहरु तम्तयार रहेको प्रष्ट पार्दे कोरोना संक्रमणको बेला जनतालाई स्वास्थ्य सुबिधा प्रवाह गर्ने कार्यमा नलागेर सरकार संबिधान मिच्न अग्रसर भए पछि बाध्य भएर बिरोधमा उत्रिनु परेको केन्द्रिय केन्द्रिय प्रचार समितिका सदस्य वजिह अरसदले बताए ।