Connect with us
Kapilvast Forest

संसद बिघटनको विरुद्धमा धुर्कोटमा संयुक्त मोर्चाबन्दी

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

गुल्मी – संबिधानको बिपरीत संघिय लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा जेठ ७ गते प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको अधिनायकवादी कार्यप्रती धुर्कोटका ४ पार्टी एकठाउँमामा उभिएर मोर्चाबन्दी संगसंगै गम्भीर ध्यानाकर्षण जनाएका छन ।

कोरोना संक्रमणक्क महामारीबाट देश आक्रान्त बनिरहेको समयमा सबै पक्षलाई समेटेर यसको रोकथाम र नियन्त्रणका लागी समन्वय गर्नुपर्ने बेला जनताको सार्वभौम प्रतिनिधि सभा (संसद) बिघटन गरि यस्तो विषम परिस्थितिमा निर्वाचनको गर्नु निन्दनीय रहेको समेत संयुक्त संगठनले ठहर गर्दै गलत कदमको विरुद्धमा न्यायिक एबम राजनीतिक रुपमा प्रतिपाद गर्न सम्पुर्ण लोकतान्त्रिक शक्तीलाई अपिल समेत गरेका छन ।

नेपाली कांग्रेस धुर्कोटका सभापति राम प्रसाद घिमिरे ,माओवादी केन्द्रका अध्यक्ष गोपाल कुँवर , नेकपा एमालेका प्रतिनिधि बोमलाल भण्डारी र राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य एबम पालिका प्रतिनिधि धन बहादुर थापाद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा नेपालको संबिधानको धारा ७६(५) अनुसारको संबैधानिक ब्यवस्था अनुसार बहुमत संसदहरुको माग दाविलाई न्यायिक मान्यता दिइ प्रतिनिधि सभा सदस्य एबम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन गरि बर्तमान राजनैतिक संकटको निकास निकाल्न जोडदार माग समेत गरिएको छ ।
हेर्नुहोस बिज्ञप्ती –

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu