नागरिकतासम्बन्धी अध्यादेशप्रति ग्रेटर नेपाल मोर्चाको आपत्ति
काठमाडाैं – सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ।मोर्चाले नागरिकता संशोधन विधेयक भारतीय नागरिकका लागि ल्याइएको भन्दै तराईका युवालाई सचेत रहन आग्रह गरेको जनाएको छ।
आज एक विज्ञप्ति जारी गर्दै मोर्चाले भारतीय र उनीहरूका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसिन गराउने षड्यन्त्रको पुलिन्दा भएको बताएको छ। यो कदमप्रति मोर्चाले सरकारको घोर भर्त्सना गर्दछ विज्ञप्तिमा उल्लेख छ।
जारी अध्यादेश वर्षौंदेखि तराईका जमिनदारका घरमा आश्रित गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले नभई भारतबाट प्रायोजित रूपमा बुहारी बनेर नेपाल आउने आप्रवासी युवतीलाई सिन्दुरपोतेसँगै हातमा तत्काल नागरिकता उपहार दिने बदनियत भएको मोर्चाको आरोप लगाएको छ।
यो अध्यादेशबाट सबभन्दा ठूलो मर्का तराई मूलका आदिवासीमा पर्ने भन्दै यसको निदान खोज्न तराईमूलका युवाहरूलाई आग्रह गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।
