Connect with us
Kapilvast Forest

धारिलो हतीयार प्रहारबाट छोराको हत्या

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

महेन्द्र सिंह,बाँके – कोहलपुरमा बुवाले धारिलो हतीयार आँसी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन । कोहलपुर नगरपालिका १२ चप्परगौडीमा आफ्नै बुवाले आँसी प्रहार गर्दा अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो ।

बुधबार राती करीक ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै २० वर्षिय छोरा पोषण ओलीको घाँटीमा आँसी प्रहार गरेको हो । आँसी प्रहारबाट गम्भीर घाईते भएका ओलीलाई उपचारकालागि भेरी अस्पताल नेपालगन्ज पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले बताउनु भयो ।

प्रहरीका अनुसार घटना स्थलमा प्रयोग गरीको आँसी बरामद गरीएको छ । नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई आँसी प्रहार भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पारीवारीक विवादका कारण घटना भएको बताउादै प्रहरीले घटनामा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको डिएसपी खनालले जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu