नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि
काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिनु भयो ।
कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गर्नु भयो ।