यस वर्षको एसइई पनि आन्तरिक मूल्यांकनबाटै
काठमाडौं – सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेस गर्नु भएको थियो । कोरोना महामारी झन बढ्दै गएकाले उहाँको प्रस्ताव अनुसार नै बैठकले निर्णय गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो।त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नु भएको हो ।