Connect with us
Kapilvast Forest

बुवाको साथी हुँ भनेर बालिका अपहरण गर्ने पक्राउ

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-सप्तरीमा बालिका अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा राजविराज नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय नविन देवलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो ।नवीन देवले बिहीबार साँझ पौने ६ बजे राजविराज नगरपालिका वडा नम्बर २ बस्ने सनोजकुमार देवकी १४ वर्षीया छोरीलाई अपहरण गरेका थिए।

१४ वर्षीया बालिका र उनका १६ वर्षीय दाजु घरमा एक्लै बसिरहेको बेलामा नविन देव घर पुगेका थिए। नविनले घरमा गएर आफू बुवाको साथी हुँ भनेर चिनाएको डिएसपी काफ्लेले जानकारी दिनु भयो ।

म बुबाको साथी हुँ। मेरो घरमा घरबासको कार्यक्रम छ म तिमीहरूलाई लान्छु। बुबासँग कुरा भइसकेको छ नवीनले ती बालकलाई भन्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu