Connect with us
Kapilvast Forest

विजयनगरमा पत्रकार संग राय सुझाव संकलन

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

दिपक के.सी.,कपिलवस्तु, कपिलवस्तुको विजयनगर गाउँपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को बजेट विनियोजन, निति निर्माणका लागि जिल्लाका पत्रकारहरु संग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाको समग्र विकासका लागी के कस्ता कार्यक्रम संचालन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा गाउँपालिकाले पत्रकार संग सुझाव लिएको हो । सधै केहि फरक गर्ने विजयनगर गाउँपालिकाले जिल्लामा पहिलो पटक पत्रकार संग राय सुझाव संकलन गरेको छ ।

सुझाव संकलन कार्यक्रममा नेपाल पत्रकार महासंग लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले जनता संग प्रत्यक्ष सरोकार राख्ने र आम नागरिकको आर्थिक उन्नतीमा प्रभाव पार्ने खालका योजना र कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो ।

सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेश अध्यक्ष राजु खरालले गाउँपालिकाले सुरु गरेर अधुरै रहेका कामहरु पुरा गर्नु पर्ने बताउनु भयो । खरालले संचार गृह बलियो भयो भने संचारकर्मि पत्रकार बलियो हुने र पत्रकार सक्षम हुदाँ गाउँपालिकाको विकासमा प्रभावकारी भूमिका पत्रकारले निभाउने बताउनु भयो । गाउँपालिकाले संचार निति बनाएर संचार क्षेत्रको विकासमा नयाँ आयाम थप्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष किरणमान बज्राचार्यले विकट गाउँपालिका सुगम बन्दै गइरहेको बताउनु भयो । गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागी विशेष जोड दिनु पर्ने जवाबैराठमा निर्माणाधिन रहेको होमस्टे संचालनमा जोड दिनु भयो । संचार कर्मी र संचारगृहको प्रर्वद्धनका लागि अहिलेको बजेट फरक खालको कार्यक्रम ल्याउनु पर्ने जिल्लाका सबै संचारगृह अटाउने बजेट ल्याउन आग्रह गर्नु भयो । अध्यक्ष बज्राचार्यले महासंघको भवन निर्माणका लागि पनि गाउँले बजेट छुट्याउन आग्रह गर्नु भयो ।

गाउँपालिकाले प्रत्येक बर्ष संचारका लागी बजेट विनियोजन गर्दै जिल्लाका संचार माध्यमलाई सम्बोधन गर्दै आएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । गाउँपालिकको समग्र विकासमा संचार क्षेत्रको अहम भूमिका रहेको जनाउदै ,संचार माध्यमले खेलेको सकारात्मक भूमिकाले गाउँपालिकामा सुशासन पार्दर्शिता र जवाफदेहिता रहेको बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष थापाले गाउँपालिकाको समग्र विकासका लागी सबै जनप्रतिनिधी लागिरहेको बताउनु भयो । मानव सुचाङकमा निकै तल रहेको गाउँपालिकामा युवाहरुका लागि विभिन्न सिपमूलक तालिमहरु हरेक बर्ष संचालन गर्दै आइरहेको बताउनु भयो ।

महिलाहरुलाई उद्यमी बनाउन महिला संजाल गठन गरिएको संजाललाई सक्रिय बनाउन हरेक महिना बैठक बसी उनीहरुको समस्या सुन्ने समाधान गर्ने गरिएको , छात्राहरुले कक्षा छाड्ने दर धेरै रहेकोले सो दर घटाउन छात्राहरुलाई शिक्षामा विशेष प्रोत्साहन गर्न कक्षा ६ मा पढ्ने छात्रालाई १ बर्षलाई पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको, कक्षा ९ ,१० र ११ मा पढ्ने छात्राहरुलाई साइकल वितरण गरिएको थापाले बताउनु भयो । मुस्लिम छात्राहरुको शिक्षामा पनि गाउँपालिकाले विशेष जोड दिएको अध्यक्ष थापाले बताउनु भयो । मुस्लिम छात्राहरुका लागि १ करोडको लागतमा गल्र्स होस्टेल निर्माण गरिएको उहाँले बताउनु भयो ।

हिलो र धुलो रहित गाउँपालिका सडक निर्माणका काम भइरहेको नदिहरुमा झुलुङे पुल निर्माण भइसकेको थापाले बताउनु भयो । कोरोना नियन्त्रण र रोकथाममा गाउँपालिकाले हरेक गाउँमा शिक्षकहरुलाई खटाई स्वास्थ्य सुरक्षा सम्बन्धि जनचेतना फैलाउने काम भएको बताउनु भयो । गाउँपालिकाका गाडीलाई विरामीहरुका लागी उपलब्ध गराईएको छ । गाउँपालिकामा २ वटा बर्थिङ सेन्टर संचालनमा रहेको १ वटा निर्माण सम्पन्न भइ संचालनको चरणमा रहेको अध्यक्ष थापाले जानकारी दिनु भयो ।

गाउँपालिकाको सभाहलमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सम्पन्न राय सुझाव संकलन कार्यक्रममा पत्रकार शनिउल्ला धोवी, जानु पाण्डे, दिलिप यादव, स्वेता गिरी ,हरि अधिकारी, शरद अधिकारी, बसन्त बन्जाडे, पार्वती आचार्य ,मोहन बेल्वासे लगायतका पत्रकारहरुले गाउँपालिकालाई सुझाव दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu