Connect with us
Kapilvast Forest

अवैद्य घरेलु मदिरा नियन्त्रण गर्न प्रहरीकाे स्विप अप्रेशन

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

राजविराज-कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलेसँगै घरेलु मदिरा उत्पादन गरी विक्रीवितरण गर्ने कार्य तीब्र रुपमा बढेको छ । सप्तरीको मुख्य सहर क्षेत्रका बसोबास बस्ती तथा ग्रामीण बस्तीका चोकचौराहाका पसल, व्यक्तिको घरमा घरेलु मदिरा उत्पादन र विक्री वितरण हुने गरेको छ । यसरी घरेलु मदिराको उत्पादन तथा विक्री बढ्न थालेपछि प्रहरीले नियन्त्रणको लागि सक्रियतासाथ अभियान चलाएको छ ।
यसैक्रममा जिल्लाको बोदे बर्साईन नगरपालिकाका विभिन्न ग्रामिण तथा बजार वरिपरिका बस्तिबाट अवैद्य घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायब निरीक्षक अरुण सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले नगरपालिका विभिन्न वडाहरुको होटल तथा घरहरूबाट पाँच वटा ठूलो जडकिन (गैलन)मा करिब दुई सय लिटर तयारी घरेलु मदिरा तथा दुई सय थान सफी ब्राण्डका अवैद्य मदिरा बरामद गरी नस्ट गरिएको छ ।

केही दिन अघि मात्रै भारतीय सीमासँग जोडिएको सो नगरपालिकाको वडा नम्बर ९ स्वर्णपट्टि गाउँबाट पनि अबैद्य सफी (मामा श्री) नामक मदिरा बरामद गरि नष्ट गरिएको थियो ।कोरोना महामारीको बेला घरेलु मदिराको अत्याधिक सेवनले मृत्युको कारण बन्न सकिने हुँदा घरेलु मदिरा उत्पादन गर्ने स्थानहरुमा खोजतलास गरेर नियन्त्रणमा लिएर नष्ट गर्ने अभियान नै चलाएको प्रहरी नायब निरीक्षक सिंहले बताउनुभयो । यस अभियानलाई ‘स्विप अप्रेशन’ नामाकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu