गोहीको आक्रमणमा बोटेको मृत्यु
नरायणगढ -राप्ती नदीमा माछा मार्न गएका एक पुरुषको गोहीको आक्रमणमा परी मृत्यु भएको छ । भरतपुर महानगरपालिका २४ कुुबघाट स्थित राप्ती नदीमा सोमवार विहान माछा मार्ने क्रममा छन्नुराम बोटेलाई गोहीले आक्रमण गरेर मारेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
भरतपुर —२५ निवासी ३५ वर्षीय वोटको घटनास्थलमै मृत्यु भएको हो । निकुञ्जका अनुसार बोट गैरकानुनी रुपमा राप्ती नदीमा माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेका थिए ।
निकुञ्जको सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार बोटे भरतपुर २५ स्थित बस्कट्टाका बासिन्दा हुन । बोटे गैरकानुनी रुपमा रातको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहिले आक्रमण गरेको अनुमान गरिएको छ । हालसम्म निन्कुञ्जमा र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको अधिकारीले बताउनु भयो ।
मृत्यु हुने मध्ये ३ जनाको हात्तीको आक्रमण, ३ वटा बाघको कारण , ३ गैडा र १ गौरी गाई र १ बँदेल र १ मगर गोहीकोको आक्रमणबाट भएको हो । साथै हालसम्म २३ जना घाइते भएका छन् । बन्दबन्दीको समयमा अनावश्यक रुपमा जंगल तथा नदि क्षेत्र प्रवेश नगरिदिन निकुञ्जले जनसमुदायमा अपिल समेत गरेको छ । साथै निकुन्जमा वैशाखदेखि असार मसान्तसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधिमा माछा मार्न निषेध गरिएको अधिकारीले जानकारी दिनु भयो ।