Connect with us
Kapilvast Forest

 शिवराजका युवाहरु रातह वितरण अभियानमा

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

 

दिपक के.सी.कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाका युवाहरु राहत वितरण अभियानमा जुटेका छन । कोरोना महामारीको अवस्था र लामो समय सम्म भएको निषेधाज्ञाले दैनिक ज्यालामज्ुदरी गरी जिवीकोपार्जन गर्दै आइरहेका परिवारको खाद्यान्न समस्या समाधानका लागी युवाहरुले राहत वितरण अभिायन शुरु गरेका छन ।

 

नगरका गोविन्द के.सी., वाई.पि. पौडेल, गणेश जि.सी., विष्णु हमाल, सोनु सारु, महारत्न विष्ट लगायतका युवाहरुले विपन्न परिवारको लागि खाद्यान्न राहत वितरणमा लागेका हुन ।“विपन्न वर्गका परिवारलाई दुइ छाकको पनि समस्या पर्ने हुदाँ उनीहरुलाई सहज होस भन्नका लागी हामी आफैले राहत सामाग्री खाद्यान्न संकलन गरि वितरण गरेका छौं ” राहत अभियानका युवा गोविन्द के.सी.ले भन्नु भयो । खाना नभएर कोहि पनि भोकै बस्न नपरोस भन्ने हाम्रो लक्ष्य हो अभियान कै अर्का युवा विष्णु हमालले बताउनु भयो ।

कोहि कसैको घरमा पनि खाद्यान्न अभाव भयो भन्ने जाकारी आयो भने हामी खाद्यान्न सामाग्री लिएर पुग्छौ अभियान कै युवा सोनु सारुले भन्नु भयो । हामीले दिने राहत खाद्यान्नले कसैको विपन्न परिवारको घरको चुल्हो बलोस हाम्रो यहि अभियान हो गणेश जिसीले बताउनु भयो ।

अहिले महामारीले सबै ज्यालामज्दुरी गरी दुई छाक टार्ने वर्गलाई खाद्यान्नको समस्या छ हामी त्यहि निम्न वर्गलाई राहत वितरण गर्छौ वाईपि पौडेलले भन्नु भयो । बाहिर काम गर्न जाने अवस्था पनि छै घरमा खाद्यान्न पनि छैन यस्तो अवस्थामा कसैले घरमा भोकै बस्नु पर्ने अवस्था नआओस भन्नका लागि हामी युवाहरुले यो अभियान चलाएका हौं अभियानकै अर्का युवा महारत्न विष्टले बताउनु भयो । राहत वितरण अभियानमा नगरका सबै युवाहरुको सहकार्य र सहयोग रहने हामीले विश्वास लिएका छौं विष्टले भन्नु भयो । अभियानमा अरु युवाहरु पनि जोडिएको गोविन्द के.सी.ले बताउनु ।

रातह वितरण अभियानमा लागेका युवाहरुले शुक्रबार विजयनगर गाउँपालिका वडा नं. ४ त्रिपाल नगरमा राहत वितरण गरेका छन । रातह सामाग्री युवाहरुले आफै आर्थिक संकलन गरि खरिद गरेर वितरण गरेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu