कोपा अमेरिका : ब्राजिलले भेनेजुएलालाई तीन गोलले हरायो
एजेन्सी – कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो ।
ब्राजिलका लागि नेयमार, ग्राबियल बार्वोसा र मोरक्विनोले गोल गरे। नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा गोलको सुरुवात गरेको थियो ।
भेनेजुएलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको थियो ।