कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको निधन
काठमाडौं- पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिनुभयो ।
उहाँमिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुन्थ्यो । उहाँको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो ।उहाँ २०४८ सालमा सांसद निर्वाचित हुनéएको थियो । परियार निष्ठावान नेताका रूपमा चिनिनुहुन्छ ।प्रतिबन्धितकालमा उहाँले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गर्नु भएको थियो ।