Connect with us
Kapilvast Forest

स्वास्थ्य सेवा प्रवाहका लागि कृष्णनगरमा साइकल वितरण

२०७८, ९ असार बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु कृष्णनगर नगरपालिकामा रहेका स्वास्थ्य स्वयसेविकाहरुलाई साइकल वितरण गरिएको छ । नगरको ग्रामिण क्षेत्रमा रहेर काम गर्ने ८२ जना स्वयसेवीकाहरुलाई साइकल वितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाका स्वास्थ्य स्वयसेविकाहरुलाई साइकल वितरण गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि सन्तोष पाण्डेले स्वास्थ्यका क्षेत्रमा निसर्त खट्ने स्वास्थ्य स्वयसेविकालाई साइकलले सेवा कार्यमा लाग्न थप हौसला दिने बताउनु भयो ।

ग्रामिण क्षेत्रका हरेक घरमा पुग्ने महिला स्वास्थ्य स्वयसेविकाले स्वास्थ्य सेवामा पुराएको योगदान अतुलनिय रहेको बताउनु भयो । मन्त्रि पाण्डेले स्वयसेविकाले पाउने सेवासुविधा न्यून रहेको भन्दै त्यस तर्फ ध्यान दिनु पर्ने समेत बताउनु भयो ।

साइकल वितरण गर्दै नगर प्रमुख रजत प्रताप शाहले स्वयसेविकाहरुका लागी प्रोत्साहन स्वरुप विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । स्वास्थ्य स्वयसेविकाहरुलाई दराज समेत वितरण गरेको बताउनु भयो । मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम अन्तर्गत अहिले नगरपालिकाले ग्रामिण क्षेत्रमा रहेर सेवा प्रदान गर्ने ८२ जनालाई मात्र समेट्न सकेको र अन्य स्वास्थ्य स्वयसेविकाहरुलाई अर्को पटक समेट्ने जनाउनु भयो ।

ग्रामिण क्षेत्रमा पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा जदाँ धेरै समय लाग्ने गथ्र्यो अब साइकल पाएपछि समयको बचत हुने र सेवा प्रदान गर्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका कृष्णमति यादवले बताउनु भयो । रातिहुदाँ पनि हिडडुल गर्नु पर्न र बर्षायाममा पनि हिड्नु पर्ने हुदाँ टर्च लाइट र छाता पनि नगरपालिकाले दिए स्वयंसेविकाको सेवा प्रदानमा अझ सहजता हुने यादवले बताउनु भयो ।

मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत कृष्णनगर नगरपालिकामा ८ लाख लागतमा ८२ जनालाई साइकल वितरण , कुखरा खोर निर्माण ,गर्भावतिलाई पौष्टिक आहार ,कृषकहरुको सानो ट्युवेल बोरिङ्ग वितरण, विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम सहजकर्ता विजय सापकोटाले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu