Connect with us
Kapilvast Forest

सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका युवक सार्वजनिक

२०७८, १० असार बिहीबारमा प्रकाशित

 

काठमाडौं- युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ गरेको युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार राति प्रहरीले २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको थियो ।

उपत्यकाका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले सन्तोषी सुब्बाको हत्या आरोपमा बुधबार राति २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

पक्राउ परेको तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सामाजिक सञ्जालमा विभिन्न पशुपन्छीको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको बुधबार बिहान दक्षिणकालीमा शव फेला परेको थियो । एसएसपी खापुङका अनुसार सुब्बाको घाँटी थिचेर हत्या गरेको र पछि अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको थियो ।

 

अनुसन्धानका क्रममा प्रहरीले निज तिमल्सिनासँग सन्तोषी सुब्बाले खाना खाने र बासको समस्या भएको बताएपछि सुरेशले आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनी घटनास्थलतर्फ लगि जबरजस्ती गर्ने क्रममा सुब्बाले प्रतिकार गरेपछि निजले घाँटी थिची सलले घाँटीमा बेरेर हत्या गरेका थिए । निजले हत्यापछि शव नचिनियोस् भनेर ढुङ्गाले अनुहारमा पटक पटक प्रहार गरेको पाइएको प्रहरीले बताएको

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu