Connect with us
Kapilvast Forest

थपिए २ हजार ४७४ कोरोना संक्रमित, २४ जनाको मृत्यु

२०७८, १० असार बिहीबारमा प्रकाशित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ५ सय १८ निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३५ पीसीआर र ४ हजार ९९७ जनाको एन्टीजेन गरि जम्मा १२ हजार २३२ परीक्षण भएको छ । जसमा पीसीआरमा १ हजार ५७७ र एन्टीजेनमा ८९७ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ५९ हजार ३६५ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् भने ८ हजार ९१८ जनाको मृत्यु भएको छ । अहिले देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित छन्